• Saturday 17th of October 2026

कवाडी गोदामबाट ५३ राउण्ड गोली बरामद


  • धनकुटा खबर
  • .

काठमाडौं । सर्लाहीमा एक कवाडीको गोदामबाट प्रहरीले ५३ राउण्ड गोली बरामद गरेको छ ।

मलंगवा नगरपालिका–८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बिहीबार बिहान प्रहरीले बरामद गरेको हो।

उक्त स्थानमा हात हतियारमा प्रयोग हुने गोली माटो मुनी गाडेर राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले स्थानीय जन प्रतिनिधि समेतको रोहवरमा सो स्थान खनी हेर्दा पेस्तोलमा प्रयोग हुने उक्त गोली फेला पारेको हो ।

गोली कसले कुन प्रयोजनका लागि राखेको हो भन्ने अहिलेसम्म केही खुलिनसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖