• Saturday 17th of October 2026

फेवातालमा पल्टियो डुंगा


  • धनकुटा खबर
  • .

पोखराको फेवातालमा डुंगा दुर्घटनामा परेकी एक जना महिलाको उद्धार भएको छ।

बिहीबार दिउँसो अचानक हावाहुरी आएपछि फेवातालमा ‘कायक बोट’ पल्टिएको थियो। उक्त दुर्घटनामा परेकी एक जना महिलाको सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

काठमाडौं महानगरपालिका-१७ सामाखुसी बस्ने २५ वर्षीया अग्नि देवकोटा तालमा खसेकी हुन्। उनलाई फेवाताल बाराहीघाटस्थित सशस्त्र प्रहरी बलको रेस्क्यू वाच टावरबाट खटिएको विशेष उद्धार तथा गोताखोर टोलीले उद्धार गरेको हो।

ती महिलाको स्वास्थ्य अवस्था सामान्य छ। गत आइतबार पनि फेवातालमा हावाहुरीका कारण डुंगा पल्टिएको थियो। त्यतिबेला पनि सशस्त्र प्रहरीले एक जनाको उद्धार गरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖