• Saturday 17th of October 2026

घट्यो खाना पकाउने ग्यासको मूल्य


  • धनकुटा खबर
  • .

काठमाडौं । खाना पकाउने ग्यासको मूल्य घटेको छ। जिल्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिने क्रम बढेसँगै खाना पकाउने ग्यासको मूल्य घटेको हो।

सिमकोट बजारमा खाना पकाउने ग्यासको मूल्य ग्यासको घटेको खुमबहादुर रावतले बताए। यसअघि ग्यास भरेको प्रतिसिलिण्डर चार हजार रुपैयाँ तिर्ने गरेकामा हाल त्यो मूल्य घटेर प्रतिसिलिन्डर तीन हजार चार सय रुपैयाँ भएको छ। यसले गर्दा उपभोक्तालाई सहज भएको भन्दै सिंहले ग्यासको प्रयोगकर्ता बढेको बताइन्।

जिल्लाको मध्यक्षेत्रको सर्केगार्ड गाउँपालिका– ६ को गिउसीसम्म राष्ट्रिय सडक सञ्जाल जोडिएपछि ग्यासको मूल्य घटेको हो। सो स्थानबाट खच्चडमा ढुवानी भएर माथिल्लो हुम्लामा ग्यास ल्याउने गरिएको छ।

खच्चडमा ढुवानी गरेर ल्याइएको सामानको प्रतिकेजी ४० रुपैयाँ भाडा लिने गरिएको छ। हुम्लामा पहिलो पटक मुगु जिल्लाको गमगढीबाट खच्चडमा ढुवानी भएर आएको ग्यासको प्रतिसिलिण्डर मूल्य चौध हजारसम्म पर्ने गरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖