• Saturday 17th of October 2026

२ महिना देखि बेखबर गोबिन्द प्रजा मृत फेला, कुकुरले टाउको गाउँमा ल्याएपछि थाहा पायो


  • धनकुटा खबर
  • .

झन्डै २ महिना देखि परिवारमा सम्पर्क नरहेका राक्सिराङ्ग ३ लावतीका माईला प्रजाको माईलो छोरा बर्ष २५ का गोबिन्द प्रजा मृत फेला परेकोछ ।

मंगलबार एकाबिहानै कुकुरले मान्छेको टाउको गाउँमा ल्याई खेलाउदै गर्दा खोजिनिधी गर्दा उक्त टाउको मृतक प्रजाको भएको खुल्न आएको राक्सिराङ्ग ३ नम्बरका वडा अध्यक्ष उत्तम वाईबाले जानकारी दिनुभयो ।

मृतक प्रजाको बाँकी शरिरका भाग मानव कंकालको रुपमा गाउँदेखि झण्डै आधा किलोमिटर पर गुफादेबी सामुदायिक बन क्षेत्रमा स्थानिय गाउँले फेला परे पछि नेपाल प्रहरीलाई जानकारी गराईएको थियो ।

श्रोतका अनुसार प्रजा अधिक मात्रामा मदिरा सेवन गर्ने र घरमा सम्पर्क नगरी हिड्ने गरेका थिए । घटना बारे थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी प्रमुख

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖