• Saturday 17th of October 2026

मध्यरातमा काटियो बुद्धचित्तको बोट,‌ आँगनमा भेटियो चारवटा सकेट बम


  • धनकुटा खबर
  • .

काभ्रेमा बुद्धचित्तको बोट काटेर अज्ञात समूहले एक घरमा चारवटा सकेट बम राखेको फेला परेको छ।

शुक्रबार बिहान करिब १ बजे रोशी गाउँपालिका वडा नम्बर ५ नागबेलीस्थित ठाकुरानी तामाङको बारीमा रहेको बुद्ध चित्तको मालाको बोट काटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार करिब १५/२० जनाको अज्ञात समूहले बारीमा आएर बुद्धचित्तको बोट काटेको भन्ने खबर प्रहरले प्राप्त गरेको थियो।
उक्त खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय मंगलटारबाट बिहान साढे २ बजे टोली घटनास्थलमा पुगेको थियो।

टोली पुग्दा बुद्ध चित्तको बोट काटिएको थियो।

त्यस्तै आँगनमा चारवटा घरेलु सकेट बम राखिएको फेला परेको डिएसपी श्रेष्ठले बताए । उनका अनुसार घर नजिकै जनमुक्ति सेना नेपाल लेखेको ज्याकेट पनि फेला परेको छ। यसबारे प्रहरीले अनुसन्धान बढाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖