• Saturday 17th of October 2026

पेरूमा फेला परे सबैभन्दा लामाे आयु भएका ब्यक्ति, जसले मनाए १२४ औं जन्मोत्सब


  • धनकुटा खबर
  • .

काठमाडौं, ३० चैत । पेरु सरकारले संसारकै सबैभन्दा वृद्ध व्यक्ति आफ्नो देशमा रहेको दाबी गरेको छ । 

 

यसै महिना इंग्ल्याण्डका एक १११ वर्षीय पुरुषलाई विश्वको सबैभन्दा वृद्ध पुरुष घोषित गरिएको थियो तर  पेरुभियन सरकारले दावी गरेको छ कि उनको देशमा १२४ वर्ष उमेरको जीवित व्यक्ति छन, उनी पेरुको मात्रै होइन, सिंगो विश्वको सबैभन्दा वृद्ध मानिस हुन ।

 

मार्सेलिनो अबाद टोलेन्टिनो उर्फ ​​मासिको नामका व्यक्ति पेरुको हुआनुकोको पहाडी क्षेत्रमा बस्छन्। हालै मात्रै पेरुको सरकारले एक विज्ञप्ति जारी गर्दै मार्सेलिनो विश्वकै सबैभन्दा वृद्ध व्यक्ति भएको बताएको छ । ह्वानुको क्षेत्रको मौसम नै मार्चेलिनोको लामो आयुको रहस्य रहेको पनि बताइएको छ ।

 

सरकारले विश्वको सबैभन्दा जेठो व्यक्ति हुनुका साथै अहिलेसम्म सबैभन्दा लामो आयु बाँच्ने एक मात्र व्यक्ति भएको बताएको छ । सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 

हुआनुकोको वनस्पति र जीवजन्तुको शान्तिको बीचमा मार्सेलिनोले स्वस्थ जीवनशैली र आन्तरिक शान्ति फेला पारेका छन । जुन उनीहरूको राम्रो स्वास्थ्य र व्यवहारमा झल्किन्छ। त्यसैले उनले आफ्नो जीवनको १२ दशक लचिलोपन र कौशलताका साथ बिताउन सफल भए ।

 

हिउँले ढाकिएका पहाडहरू, तातो उपत्यका र अमेजन जंगलहरूका साथै हुआनुको सहर पहाड र हरियो जंगलले घेरिएको छ। पेरुको यो सहरमा रहेका पुरातात्विक भग्नावशेष र मन्दिरहरू हेर्न टाढा टाढाबाट पर्यटक आउँछन्।

मार्सेलिनो के खान्छन त ?

मार्सेलिनोले अप्रिल ५ मा आफ्नो १२४ औं जन्मदिन मनाएका थिए । उनी पेशाले किसान भएको बताइएको छ । उनको जन्म सन् १९०० मा भएको दावी गरिएको छ । पेरुका अधिकारीहरूले मार्सेलिनोलाई गिनिज वल्र्ड रेकर्डमा नाम दर्ता गराउन सरकारले सहयोग गरिरहेको बताएका छन्। विज्ञहरूको टोलीले मार्सेलिनोको जन्मसँग सम्बन्धित कागजातहरू पनि जाँच गर्नेछ ताकि यो उपलब्धिलाई कुनै शंका नगरी प्रमाणित गर्न सकिन्छ।

 

न्यूयोर्क पोस्टमा प्रकाशित समाचार अनुसार  सन् २०१९ मा छागला नामक सानो गाउँमा पहिलो पटक उनको परिचय खुलाइएको थियो । त्यसपछि सरकारले उनलाई परिचयपत्र र पेन्सन उपलब्ध गराएको थियो । मार्सेलिनोले आफ्नो आहारमा फलफूल र मासु समावेश गरेको बताइएको छ । उनी कोका पात चपाउन पनि मन पराउँछन्।

 

भर्खरै मात्रै इङ्गल्याण्डका जोन अल्फ्रेड टिनिसवुडलाई आधिकारिक रूपमा विश्वको सबैभन्दा वृद्ध जीवित व्यक्ति घोषित गरिएको थियो। जोन १११ वर्षका छन्। योसँगै सबैभन्दा लामो समय बाँच्ने व्यक्तिको कीर्तिमान उनको नाममा गिनिज बुकमा दर्ता भएको छ । तर अब मार्सेलिनो उनलाई चुनौती दिन आउँदै छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖