• Saturday 17th of October 2026

काभ्रेमा अज्ञात समूहले काटेको बुद्धचित्तको एउटै रुख ३ करोड रुपैयाँ


  • धनकुटा खबर
  • .

काठमाडौं। काभ्रेको रोशी गाउँपालिका-५ मा बिहीबार राती अज्ञात समूहले काटेको बुद्धचित्तको रुख केही महिनाअघि ३ करोड रुपैयाँ ठेक्कामा लगाइएको पाइएको छ।

रुख धनी शेरबहादुर तामाङले करिब ३ महिनाअघि समिर त्रिपाठीलाई उक्त रुख ३ करोड रुपैयाँमा ठेक्कामा लगाइएको बताए। ‘हामीले यसपटक वार्षिक ३ करोड रुपैयाँ पाउने गरि ठेक्का लगाएका थियौँ ‘, शेरबहादुरले भने। गत वर्ष उक्त रुख ९० लाख रुपैयाँ ठेक्कामा दिइएको पनि उनले बताए।

तामाङका अनुसार उनका चार जना दाजुभाईमध्ये ३ जना काठमाडौंमा बस्छन्। ‘ दाजुभाउजु, बुहारी र दिदी अनि बच्चाबच्चीमात्र गाउँको घरमा हुनुहुन्थ्यो। राती हतियार देखाएर रुख काटेछन्। प्रतिकार पनि गर्न सक्ने अवस्था भएन। हामीलाई राती २ बजे रुख काटियो भनेर खबर आएको थियो’, शेरबहादुरले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖