• Saturday 17th of October 2026

एकैदिन ४ युवतीले गरे आत्महत्या


  • धनकुटा खबर
  • .

रौतहट । रौतहटमा एकैदिन ४ जना युवतीले आत्महत्या गरेका छन् । फरक फरक स्थानमा ४ युवतीले फाँसी लगाइ आत्महत्या गरेका हुन ।

रौतहटको कटहरिया नगरपालिका वडा नम्बर २ जमुनिया निवासी दिपनारायण चौधरीको छोरी करिब १८ वर्षिय अविवाहित मनिसाकुमारी चौधरीले बिहिवार फासो लगाइ आत्महत्या गरेका हुन् ।

यस्तै वृन्दावन नगरपालिका वडा नम्बर ८ निवासी रामपुकार साहको छोरी करिब १७ वर्षिय सिवानी साह, गढीमाइ नगरपालिका वडा नं ३ निवासी अजाद अन्सारीको छोरी करिब १६ वर्षिय छोरी असिया खातुन र दुर्गा भगवती गाउँपालिका वडा नम्बर २ गंगा पिपरा नुनिया टोल निवासी रुपलाल दासको १५ वर्षिय छोरी आचलकुमारी दास रहेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी प्रवक्ता नायब उपरीक्षक प्रहरी एलिजा गिरिले बताएकी छिन्।

पछिल्लो समय रौतहटमा आत्म हत्या गर्नेको संख्या बढ़ेका छन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖