• Saturday 17th of October 2026

कलंकीस्थित भाटभटेनीको आगलागी नियन्त्रणमा


  • धनकुटा खबर
  • .

काठमाडौँ । राजधानीको कलंकीस्थित भाटभटेनीमा भएको आगलागी नियन्त्रणमा आएको छ । शुक्रबार साँझ भएको आगलागी दमकलको सहयोगमा नियन्त्रणमा लिइएको हो ।

जेनेरेटर राख्ने स्थानबाट आगलागी सुरु भएको थियो भने केही समयपछि आगो निभाउन सकिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार आगलागीबाट जेनेरेटरमा क्षति पुगेको छ भने त्यस आसपासका क्षेत्रमा पनि केही क्षति पुगेको छ । समयमा आगो निभाउन सक्दा थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖