• Sunday 18th of October 2026

अटो दुर्घटना हुदाँ ३ जना घाइते


  • धनकुटा खबर
  • .

दाङको तुलसीपुरमा अटो दुर्घटना हुदा ३ जना घाइते भएका छन् ।

घाइते हुनेमा तुलसीपुर–४ घोरनेटी निवासी २१ बर्षीय माया वलि, सोही ठाउकी ४५ बर्षीय दिल कुमारी वलि र १९ बर्षीय सरिता वलि रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार चखौराबाट तुलसीपुर तर्फ आउदै गरेको रा १ ह ५१७७ नम्बरको अटो आज बेलुका ६ बजेको समयमा तुलसीपुर८ भम्के नजिकै आफै अनियंत्रित भएर पल्टिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते तिनै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖