• Sunday 18th of October 2026

चटयाङ लागेर २ बालकको मृत्यु


  • धनकुटा खबर
  • .

पटना २ बैशाख । भारतको मध्यप्रदेश श्यौल जिल्लामा चट्याङ लागेर २ बालकको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ३ बालबालिका घाईते भएका छन्।

 

बिजयपुर थाना प्रभारी सतीश दुबेका अनुसार घटना शनिवार साँझ भएको थियो। धामीनी गाउँ छेउमा बालबालिकाहरु बाख्रा चराईरहेका थिए, सोही क्रममा पानी पर्न सुरुहुँदा बालबालिकाहरु एउटा रुखमुनि बसिरहेका थिए।

 

बर्षाको बीचमा अचानक चट्याङ लागेर ८ बर्षका १ जना र १२ बर्षका १ गरी दुईजनाको घटनास्थलमै मृत्यु भएको प्रभारी दुबेले जानकारी दिएका छन।

 

चट्याङ लागेर घाईते दुई बालिका सहित तिनजनाको बिजयपुर स्थित स्वास्थ केन्द्रमा उपचार भईरहेको भारतीय प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖