• Sunday 18th of October 2026

कस्तो होला वर्ष २०८१ ? ठुला दुर्घटना हुन सक्ने, आँधी हुरी र भूकम्पको पनि खतरा !


  • धनकुटा खबर
  • .

ज्योतिष पण्डितका अनुसार वर्ष २०८१ साल कालयुक्त नाम संवत्सर परेकाले शुभ रहनेछ । वर्षामा खण्ड वृष्टि देखिए पनि वर्षाको अवस्था राम्रो रहनेछ । वैज्ञानिक कार्यको लागि अन्तर्राष्ट्रिय सहयोग पर्याप्त मिल्ने छ । मातृशक्ति शक्तिकै रूपमा अग्रसर हुनेछ ।

ज्योतिष पण्डित ओजराज लोहनी भन्छन्, ‘ज्ञान र विज्ञानको समन्वय गर्ने अवसर नेपालले पाउनेछ । कृषि क्षेत्रको अवस्था सन्तोषप्रद रहला । वैदेशिक व्यापारमा बढोत्तरी देखिन्छ ।’

यसवर्ष राजस्वमा पनि वृद्धि हुने योग रहेको ज्योतिष पण्डित लोहनी बताउँछन् । उनी भन्छन्, ‘यो निर्यातमुखी नभएर आयातमुखी भई आर्थिक वृद्धि देखिए पनि कालान्तरमा राष्ट्रिय पुँजी निकै कमजोर हुनेछ । वर्षारम्भमा राजपदमा रहेका मङ्गल शत्रु गृह गुरूको नक्षत्र मन्त्री पदमा शनि स्वगृही बलशाली भई राहुको नक्षत्रमा परस्पर बैरीग्रह एकसाथ राज्य सञ्चालनमा रहेकाले यस वर्षको अवस्था जटिल हुनेछ ।’

शत्रु गृही मङ्गल र स्वगृही शनि भएकोले वायुमण्डलीय अवस्था प्रतिकूल हुने भएकोले विमान दुर्घटना हुन सक्छ । अज्ञात रोग सिर्जना हुन सक्छन् । आँधी हुरी र भूकम्प बाढी पहिरोले जन धनको विनाश वर्षारम्भमै हुन सक्छ ।

‘दुर्घटनामा वा भौतिक आक्रमणमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चर्चित र ठूला व्यक्तिको निधन हुने सम्भावना छ । धर्म र राष्ट्रियतालार्ई गलत व्याख्या गरेर आफ्नो अभिलाषा पूरा गर्दै आएका निस्तेज हुने र सच्चा धर्म र राष्ट्रियता अँगाल्दै गर्दा समेत पिछडिएकाहरू धर्मबल र जनबलले सक्रिय भई हुने दुई शक्तिको टकरावमा देश सैनिकीकरणतिर उन्मुख हुँदा राष्ट्रिय सम्पत्ति विकासमा भन्दा सुरक्षामा बढी खर्च हुनेछ’ ज्योतिष पण्डित लोहनी भन्छन् ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा पछि परेका शक्तिहरूले पुनः राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोग प्राप्त गरी यस वर्ष पुनः स्थापित हुने अवसर प्राप्त गर्नेछन् ।

२०८१ बैशाखदेखि नै देशको चतुर्थ भावमा राजा मङ्गल र मन्त्री शनि बसेको मंगलको परस्पर शत्रु भई देशको चतुर्थ भावमा रहने २०८१ वैशाख १४ गते बिहान ८ । ३ बजेसम्म यो कायम रहने योग रहेको ज्योतिष पण्डित लोहनी बताउँछन् ।

उनी भन्छन्, ‘ज्येतिषिको दृष्टिमा शनि मङ्गल एकसाथ हुनु अत्यन्तै प्रतिकूल हुने भएकोले राजनैतिक शक्तिबिच चरम द्वन्द्व हुनेछ । मूल राजनीति तरल हुने अराजक समूहहरू हावी हुनेछन् । विदेशी चलखेल थप बढ्ने अवस्था सिर्जना हुने छ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖