• Sunday 18th of October 2026

सल्यानमा बस दुर्घटना हुँदा तीन जना घाईते


  • धनकुटा खबर
  • .

सल्यान । सल्यानमा बस दुर्घटना हुँदा तीन जना घाईते भएका छन् ।

कुमाख गाउँपालिका ३ गुर्दासेबाट श्रीनगर आउँदै गरेको ना ६ ख ५३१३ नम्बरको बस गुर्दासे नजिकै सडकमै दुर्घटना हुँदा तीन जना घाईते भएका हुन् ।

दुर्घटनामा घाईते हुनेमा गुर्दासे निसीका २५ वर्षिय हस्त राना, १८ वर्षकी यमुना सिंह र ७३ वर्षकी भूमि सिंह रहेका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घाईते भएका सबैलाई उपचारको लागि जिल्ला अस्पताल सल्यान ल्याईएको छ ।

सडक साँगुरो भएकाले अनियन्त्रित भएर सडकमै पल्टिएको थियो । बसमा नौ जना सवार थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖