• Sunday 18th of October 2026

चार जना मृत फेला


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँ र दाङ जिल्लामा पछिल्लो २४ घण्टामा २-२ जना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौँ महानगरपालिका-१६ माछापोखरीस्थित सडकको पेटीमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी हुन् । यसैगरी काठमाडौँकै दक्षिणकाली नगरपालिका-७ स्थित दक्षिणकाली मन्दिरमा सुनसरी धरान महादेवचोक घर बताउने ४५ वर्षीय कुमार लामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

उता दाङको गढवा गाउँपालिका-३ गोवरडिया बस्ने ७० वर्षीय विरजु प्रसाद चौधरी सोही गाउँपालिका-३ बाघटोलस्थित सडकमा शनिबार मृत अवस्थामा फेला परेका छन् । दाङकै लमही नगरपालिका-१ कौडिया पुल नजिकै सडकमा सोही नगरपालिका-२ सोनपुर बस्ने ४१ वर्षीय फुलिराम चौधरी शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी गोरखाकफ गण्डकी गाउँपालिका-१ बुट्टारस्थित त्रिशूली नदी बगरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖