ज्योतिषशास्त्रमा विश्वास नगर्ने सायदै कमै छन् । किनकी ज्यातिष विज्ञानमा हाम्रो जीवन अडेको छ । यसैलेपनि धेरैको विश्वास छ । ज्योतिष शास्त्रले मानिसको सही र खराब समयकोपनि एकिन गर्ने गर्दछ । यो साँचो हो, खराब समयपछि राम्रो समय अवश्य आउँछ ।तर, राम्रो र नराम्रो समयबीचको समय तय हुँदैन, यसै कारण नराम्रो समयलाई सामना गर्ने समय हुँदैन । तर, यसअघि हामी केही संकेत पाउँछौ भनिन्छ । जुन सपनाले निर्देश गर्दछ ।
भोजनको समयमा देखिने संकेत : कहिले काही खाना खाँदा पहिलो गाँसमै नमिठो वा तीतो लाग्छ । यदि दोस्रो तृेस्रो गासमा पनि यही महशुस भएकामा तपाई कहाँ अशुभ समाचार आउँने संकेत भनेर भन्ने गरिन्छ । यसबाहेक तपाईको कुनै नाता–सम्बन्धमा पनि खटपट आउँनसक्ने संकेत भन्ने गरिन्छ । त्यसैले केही सावधानी अपनाउँनुहोस् ।
पूजाको समयमा संकेत : सबैलाई थाहा भएको कुरा, पूजा गरिरहेका बेला पूजाको थाल झर्नु भनेको तपाईको आरती स्विाकर्य भइरहेको छैन र आउने समय खराब छ भन्ने बताइनछ । त्यस्तै, बलिरहेको दियो अचानक निभ्नु पनि विपत्तिको संकेत मानिन्छ ।
बाटोमा झगडा : घर वा अफिसबाट निस्किएपछि बाटोमा केही दिनसम्म लगातार कही–कतै झगडा भइरहेको देखेमा तपाईको कार्यक्षेत्रमा अवरोध आउँन सक्ने संकेत हो ।
बिरालोको डरलाग्दो आवाज : यदि तपाईले पाल्नु भएको बिरालोले अचानक डरलाग्दो आवाज निकाल्न थालेमा वा सामान्यभन्दा फरक आवाज आउँन थालेमा तपाईको घरमा केही नकारात्मक शक्तिको संञ्चार भइरहेको संकेत हो । पारिवारिक असझदारी बढ्ने संकेत हो ।
नराम्रो सपना : ज्योतिष शास्त्रअनुसार, नराम्रो सपना बारम्बार देख्नु परिवारमा नराम्रो घटना हुनसक्ने संकेत हो । स्वप्नशास्त्रका अनुसार, बारम्बार नराम्रो सपना देख्दा तपाई मानिसक रुपले अशान्त बन्नुहुन्छ, जसको असर तपाईको कार्यक्षेत्र तथा दैनिक कार्यमा पर्छ र तपाई तनावको अवस्थामा पुग्नुहुन्छ ।
दुध पोखिनु वा फाट्नु : तपाईको असावधानीका कारण दुध फाट्नु वा पोखिनु एउटा कुरा, तर यदि फाट्ने सम्भावना नभई अचानक फाटेमा सम्झनुहोस्, तपाईको परिवारमा कलह हुने संकते हो ।
यी २५ चिज सपनामा देख्नु अशुभ मानिन्छ:
सर्प म’रेको देखेमा मृत्युको भय हुन्छ ।
माकुरोले टोकेको देखेमा रोगले आक्रमण गर्छ ।
बिच्छिले डसेको देखेमा मुत्युकारक हुन्छ ।
सपनामा स्याल देखिनु मृत्यु र दु:खको कारक हो ।
रोगी पशु देखेमा जेठो छोरोलाई कष्ट पर्छ ।
सपनामा काग देखेमा अशुभ हुन्छ । मृत्युको भय हुन्छ ।
सपनामा बिरालो देखिए चोरी हुन्छ, शत्रु बढ्छन् ।
दुब्लो गाई वा गोरु देखेमा दु:ख कष्ट हुन्छ ।
सपनामा ओढ्ने कम्मल देखेमा बदनामी हुन्छ ।
कोइला देखेमा व्यर्थमा झगडा हुन्छ । साथै कैँची देखेमा पनि झगडा वा
विवाद हुन्छ ।
सपनामा बन्द ढोका देखेमा हैरानी वा दु:ख खेप्नुपर्छ । डोरी देखेमा यात्रामा हैरानी वा झन्झट हुन्छ ।
दाँत झरेको वा भाँच्चिएको देखेमा दु:ख र झन्झट आईपर्छ ।
घना बादल देखेमा विरक्ति उत्पन्न हुन्छ ।
भूइँचालो गएको सपना देखेमा सन्तान कष्ट र दु:ख हुन्छ ।
म’रेको मानिसले बोलाएको देखेमा विपत्ति आउँछ ।
रत्न वा मणि देखेमा दु:ख बढ्छ, अपव्यय हुन्छ ।
सुकेको बगैँचा देखिएमा विपत्तिमा फसिन्छ । सुकेको अन्न खाएको सपना देखेमा कष्ट र व्यर्थमा हैरानी हुन्छ ।
सुराही देखेमा आवारा मानिससँग संगत हुन्छ ।
हिलोमा फसेको देखेमा कष्ट र अपव्यय हुन्छ ।
मुद्रा पाएको सपना देखेमा ल”डाईँमा जानुपर्ने हुनसक्छ ।
सपनामा रोएको देखे असह्य बिमारी वा सन्तान कष्ट हुनसक्छ ।
विवाह वा वैवाहिक उत्सव देखिनु अशुभ हुन्छ । विपत्ति आउनसक्छ ।
सपनामा मस्तिष्क वा टाउको देखिए विपत्ति र टाउको का”टिएको देखेमा अनिष्ट हुन्छ ।
आफू भोको रहेको देखेमा विपत्ति आउनसक्छ । अरुलाई भोको देखेमा स्त्री लाभ हुन्छ ।
सपनामा भिक्षा लिएको वा दिएको देखेमा अशुभ हुन्छ । गरिबीले सताउन सक्छ ।
