• Sunday 18th of October 2026

सुनको भाउमा नयाँ रेकर्ड


  • धनकुटा खबर
  • .

काठमाडौं । सुनको भाउमा मंगलबार फेरि नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिनको तुलनामा मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँ बढेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको छ ।

यसअघि गत शुक्रबार सुनको भाउले १ लाख ३९ हजारको उच्चतम मूल्य रेकर्ड बनाएकोमा सो रेकर्ड आज फेरि तोडिएको छ । त्यस्तै चाँदीको मूल्य पनि बढेको छ ।

अघिल्लो दिन प्रतितोला १ हजार ७१५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७५० कायम भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖