• Sunday 18th of October 2026

काकाले नै भतिजीलाई बलात्कार गरेर हत्या गरेपछि…


  • धनकुटा खबर
  • .

बैतडी । बैतडीमा एक किशोरीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

बलात्कारपछि हत्या गरेको भन्दै प्रहरीले जिल्लाको पुचौंडी नगरपालिका-४ का काका नाता पर्नेलाई पक्राउ गरेको हो।

पुचौंडी नगरपालीका-४ स्थीत आफ्नै घरबाट एक वर्ष अगाडि भागी विवाह गरेकी १७ वर्षीया किशोरी हराएकोमा खोज तलास गर्ने क्रममा मिति गत चैत्र २८ गते मृतकको लाश जंगलमा फेला परेको थियो।

ईलाका प्रहरी कार्यालय पाटन, बैतडीबाट खटिएको टोली घटनास्थलमा पुगी घटनास्थल तथा लाशको जाँच गर्दा टाउकोमा चोट लागेको अवस्थामा फेला परेको थियो। मृतक किशोरी गर्भवतीसमेत रहेको पाइएको प्रहरीले जनाएको छ।

डडेल्धुरा अस्पतालमा शवको पोष्टमार्टम गर्दा अन्दाजी १८ हप्ताको बच्चा गर्भमा रहेको साथै टाउकोमा चोटको कारणले मृत्यु भएको डाक्टरले पुष्टि गरेको प्रहरीले जनाएको छ।

कोशोरीका काका नाता पर्ने ३० वर्षीय पुरुषले ललाई फकाई डर धाक धम्कीसमेत दिई पटक पटक करणी गरेको गर्भवती बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

गर्भपतन गराउन पुचौंडी स्वास्थ्य चौकीमा प्रयास गर्दा असफल भएपछि काकाले स्थानीय जंगलमा बोलाई ढुंगाले हानी मारेको बयान दिएका छन्।

मृतकको बुवाले हाडनाता करणी र कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दरखास्त दिएका छन् भने कसुरदारलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय पाटन, बैतडीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖