• Sunday 18th of October 2026

सल्यान बस दुर्घटनामा घाइते भएका २२ जना को–को हुन् ? नामावलीसहित


  • धनकुटा खबर
  • .

काठमाडौँ । बुधबार सल्यानमा बस दुर्घटना हुँदा घाइते हुनेको सङ्ख्या २२ पुगेको छ। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

दाङबाट रुकुम तर्फ जाँदै गरेको रा १ ख २०८५ नम्बरको बस बागचौर–२ ठिनबाँङस्थित पुलबाट तल खस्दा २२ यात्रु घाइते भएका हुन्।

बस अनियन्त्रित भएर तल खसेको बयान चालकले दिएका छन्। बस दुर्घटनामा गाडी धनी दाङको तुलसीपुर उपमहानगरपालिका ४ घर भएका ४६ वर्षीय विष्णु विक र गाडी चालक तुलसीपुर ६ का ३४ वर्षीय पूर्ण शमशेर जबरा पनि घाइते भएका छन्।

त्यसैगरी रुकुम पश्चिम त्रिवेणी गाउँपालिका २ की २२ वर्षीया चित्रा पुन, दाङ तुलसीपुर उपमहानगरपालिका १० बिजौरीका २९ वर्षीय कृष्ण चौधरी, दाङकै नारायणपुर नगरपालिका १० की ३६ वर्षीया दिल कुमारी गौतम, दाङ रक्षाचौरकी २६ वर्षीया खिमा विक, तुलसीपुर ७ पर्सेनीकी ४९ वर्षीया ठगी बुढा, सोही ठाउँका ४७ वर्षीया मुम्भ कुमारी बुढा र रुकुम चौरजहारी नगरपालिका २ की २२ वर्षीया पुष्पा चन्द पनि घाइते भएका छन्।

त्यसैगरी सल्यानको शारदा नगरपालिका ५ की १९ वर्षीया सपना भण्डारी, बागचौर नगरपालिका १ गैराबेतकी ५० वर्षीया भुमा बस्नेत, शारदा नगरपालिका १५ की २३ वर्षीया योगमाया बस्नेत, रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका २ का बालक ६ वर्षीय रेसम मगर, रुकुमकै चौरजहारी नगरपालिका ९ का २९ वर्षीय उमेश मल्ल पनि घाइते छन्।

त्यसैगरी रुकुमकै सिस्ने गाउँपालिका ६ की ११ वर्षीया बालिका अरुणा गौतम, रुकुमकै बाफीकोट गाउँपालिका १ का १४ वर्षीय निश्चल हमाल, सल्यान बागचौर नगरपालिका २ की ललिता बस्नेत, शोही ठाउँका २५ वर्षीय सुरेन्द्र बस्नेत, छत्रेश्वरी गाउँपालिका १ दमाचौरका ३१ वर्षीय वीरेन्द्र चन्द, सिद्ध कुमाख गाउँपालिका १ का १७ वर्षीय वीर बहादुर बस्नेत, त्रिवेणी गाउँपालिका ६ का ३३ वर्षीय वसन्तजङ्ग क्षेत्री र रोप्ला रन्टीगढी गाउँपालिका ५ का २५ वर्षीय रञ्जित विक पनि दुर्घटनामा घाइते भएका छन्।

घाइतेमध्ये गम्भीर अवस्थाका चार जनालाई दाङमा सामान्य उपचार गरी थप उपचारको लागि नेपालगन्ज लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले जनाकारी दिए। सामान्य घाइतेको बागचौरस्थित विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖