• Sunday 18th of October 2026

पोखरा महानगरका इन्जिनियर द्वय शिवराज र उषा किरण पक्राउ


  • धनकुटा खबर
  • .

पोखरा – अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले पोखरा महानगरपालिका इन्जिनियर शिवराज बराल र सब-इन्जिनियर उषा किरण रोकायालाई पक्राउ गरेको छ ।

अख्तियारले केही दिन अगाडी सोही घटना संलग्न भएको आरोपमा गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई पनि पक्राउ गरेको थियो ।

पोखरा महानगरपालिकाबाट घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिँदा घूस लिएको अभियोगमा दुई इन्जिनियर रोकाया र बराल पक्राउ परेका हुन् । रोकाया र कुँवर सेवाग्राहीबाट लिएको एक लाख ५० हजार रुपैयाँ घूससहित रङ्गे हात पक्राउ परेका थिए । उनीहरूलाई यति बेला आयोगको केन्द्रीय कार्यालय टंगाल पठाइएको छ ।

आयोगका अनुसार उनीहरूले एउटै घरको नक्सा पास गर्न पटक पटक घूस लिएको खुलेको छ ।

दुवै इन्जिनियर महानगरको घर नक्सा शाखामा कार्यरत थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖