• Sunday 18th of October 2026

चालकले यात्रुको तिन वटा औला भाचिदिएपछि…


  • धनकुटा खबर
  • .

काठमाडौं । यात्रुलाई कुटपिट गरेको आरोपमा प्रहरीले इनड्राइभ चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलपरासी घर भई काठमाडौं टोखा बस्दै आएका २६ वर्षीय जोन तामाङ छन्।

उनले यात्रु केशव घिमिरेलाई कुटपिट गरेर तीन वटा औंला भाँचेको बताइएको छ। गत १४ चैतमा चालक तामाङले यात्रुले भनेको भन्दा अर्को बाटोबाट लान खाजेपछि विवाद भएको थियो।

सो क्रममा प्रहरीलाई खबर गर्छु भन्दै यात्रु घिमिरेले मोटरसाइकलको चाबी थुतेका थिए। चाबी खोसाखोस गर्ने क्रममा घिमिरेको औंला भाँचिएको बताइएको छ।

त्यसपछि घिमिरेले प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएका थिए। बुधबार चालक तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖