• Sunday 18th of October 2026

विमानको सिटमा बेवारिसे भेटियो एक किलो ७० ग्राम सुन


  • धनकुटा खबर
  • .

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला परेको छ । 

बुधबार रति ११ बजे अन्तर्राष्ट्रिय उडानतर्फको आगमन भई भारतको दिल्लीबाट आएको इन्डिगो एयरको सिट नम्बर २७ र २८ को तलपट्टि बेवारिसे अवस्थामा सो सुन फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

बेवारिसे अवस्थामा भेटिएको सो सुनमा सिक्री तीन, ६ वटा सुनको बिस्कुट, दुई टुक्राका साथै दुइ वटा सिक्री जोड्ने स-साना रिङ फेला परेको छ । सोको कूल अन्दाजी तौल एक किलो ७० ग्राम रहेको प्रहरीले जनाएको छ । अहिले सो सुन बारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖