• Thursday 22nd of October 2026

पानी पार्न हेटौंडामा भ्यागुताको बिहे, ३ सय जना जन्ती


  • धनकुटा खबर
  • .

मकवानपुर : लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पर्ने जनविश्वासले हेटौडौं उपमहानगरपालिका -१६ मा स्थानीयले भ्यागुताको विवाह सम्पन्न गराएका छन्। आकाशबाट पानीको वर्षाको होस भनेर बुधबार बिहान पण्डितको उपस्थितिमा बाजागाजासहित एक जोडी भ्यागुताको वैदिक परम्परा अनुसार विवाह गराएका हुन्।

इन्द्र भगवाकाे पूजाआजा गरेपछि एक जोडी भ्यागुता समातेर श्रृङगार गरि बेहुला–बेहुली बनाएर विवाह प्रक्रिया पुरा गरिएको स्थानीयले बताए। विवाहमा वडा अध्यक्ष रामकृष्ण कोइराला समेत उपस्थित थिए। पानी नपर्दा गर्मी र वन डँडेलो बढ्नुका साथै अन्नबाली लगाउन समेत समस्या भएको भन्दै स्थानीयले भ्यागुताको विवाह गराएको वडा अध्यक्ष कोइरालाले जानकारी दिए।

‘विदेशमा बादल बनाएर पानी पार्छन्, हाम्रो देशमा पानी पार्न भ्यागुताको विवाह गर्नुपर्ने अवस्था छ’, कोइरालाले भने, ‘पहिले ‘पहिले भ्यागुताको विवाह गर्‍यो भन्ने पानी पर्छ भन्ने चलन थियो। सोही अनुसार यहाँ भ्यागुताको विवाह भएको हो।’ भ्यागुताको विवाह कार्यक्रममा करिब ३ सय जना सहभागी रहेका थिए। हेटौँडा-१६ को राम मन्दिरबाट जन्ती प्रस्थान सुरु गरी १६ नम्बरकै खमारेको कुवा पुगेर विधिपूर्वक पन्चे बाजा सहित भ्यागुताको विवाह गरिएको हो।

महिलाको टोलीले पञ्चेबाजा बजाउनुका साथै नाचगान समेत गरेका थिए। भ्यागुताको विवाह गरेपछि अब पानी पर्छ भन्ने स्थानीयको अपेक्षा रहेको छ। ग्रामीण क्षेत्रमा अहिले पनि पानी पार्नका लागि भ्यागुताको विवाह गराउने, जलधारा गर्ने लगायतका कार्य हुँदै आएको छ। नागरिक

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖