• Thursday 22nd of October 2026

युवतीको चरित्र हत्या केसमा हाजिर भएका युवकले रविको नाम लिएर डाइभर्ट गर्न खोजेको साइबर व्यूरोको दावी


  • धनकुटा खबर
  • .

काठमाडौं। गृहमन्त्री रवि लामिछानेविरुद्ध टिकाटिप्पणी गरेको भन्दै प्रहरीको यातना सहन नसकेर विष सेवन गरेको भनिएका युवकले विषयलाई डाइभर्ट गरेको साइबर ब्यूरोले दावी गरेको छ। ब्युरोका अनुसार एक युवतीको चरित्र हत्या गरेको आरोपमा उनलाई प्रहरीले बोलाएको थियो । गणेशमान सिंह ठकुरीले बुधबार साँझ सामाजिक सञ्जालमा भिडियो अपलोड गर्दै आफूले गृहमन्त्री लामिछानेविरुद्ध गरेको टिकाटिप्पणीलाई लिएर ब्यूरोले यातना दिएको दावी गरेका थिए ।

केही महिनाअघि लामिछानेलाई आफूले सहकारी ठग भनेर सामाजिक सन्जालमा कमेन्ट गरेको र त्यही विषयलाई लिएर मंगलबार ब्युरोले आफूलाई बोलाएको उनले भिडियोमा भनेका छन्।

उनका अनुसार प्रहरीले बुधबार मोबाइल लिएर आउनु भनेपछि उनी ब्यूरो पुगेका थिए।

प्रहरीले वर्षौसम्म जेलमा कोच्ने भनेर थर्काएपछि आफूले ब्युरो परिसरमै औषधी सेवन गरेको दावी गरेका छन्। तर ब्यूरोका अधिकारीहरु ठकुरीलाई विशुद्ध महिला चरित्र हत्याको आरोपमा बोलाइएको दावी गर्छन्।

‘ उनी बुधबार ब्युरोमा आउँदा नै औषधी बढी सेवन गरेर आएका रहेछन्। बेलुका आएको भिडियोमा कुनै सत्यता छैन। रवि लामिछानेसँग सम्बन्धित कुनै विषय नै थिएन ’, ब्युरोका एक अधिकारीले भने।

ठकुरीको सामाजिक सञ्जालमा आफूलाई पत्रकारका रुपमा उल्लेख गरेको देखिन्छ । ब्यूरोका ती अधिकारीले पीडित युवतीको उजुरीपछि ठकुरीलाई बोलाइएको र अनुसन्धानमा उनले हदैसम्म चरित्र हत्या गर्ने कामहरु गरेको पाइएको बताए।

यसैबीच प्रहरी प्रवक्ता डिआइजी भीम ढकालले अर्कै अभियोगमा हाजिर भएको व्यक्तिले गलत ढंगले प्रचारबाजी गरेर मुख्य अभियोगबाट जोगिन खोजेको भन्ने सुन्न आएकाले यसबारेमा साइबर व्युरोले केहीबेरमा आधिकारिक विज्ञप्तिमार्फत प्रष्ट पार्ने बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖