• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

विश्वकपको पहिलो खेलमा क्यानडाद्वारा अमेरिका सामू १९५ रनको लक्ष्य


  • धनकुटा खबर
  • .

एजेन्सी । आजबाट अमेरिका र वेस्ट इन्डिजमा सुरु भएको नवौं संस्करणको आइसीसी टी-२० विश्वकपको पहिलो खेलमा क्यानडाले अमेरिकालाई १ सय ९५ रनको लक्ष्य दिएको छ ।

अमेरिकाको डालासमा रहेको ग्रान्ड प्रेरी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९४ रन बनायो ।

क्यानडाका लागि निकोलस किर्टन र नवनित धालीवालले अर्धशतक बनाए । धालीवालले ४४ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ६१ रन बनाए । किर्टनले ३१ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५१ रन बनाए । श्रेयश मोभ्भाले १६ बलमा अविजित ३२ तथा ओपनर आरोन जोनसनले १६ बलमा २३ रन बनाए ।

अमेरिकाका लागि अलि खान, कोरि एन्डरसन तथा हरमित सिंहले समान एक एक विकेट लिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖