• Monday 26th of October 2026

खोटाङमा ज्यान मार्ने उद्योगमा पाँच जना युवा पक्राउ


  • धनकुटा खबर
  • .

काठमाण्डौ – जिल्ला प्रहरी कार्यालय खोटाङले ज्यान मार्ने उद्योगमा पाँच जना युवालाई पक्राउ गरेको छ ।
दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका २४ वर्षीय सुदिप तामाङलाई कुटपिट गरी गम्भीर घाइते बनाउने दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका २३ वर्षीय दिपिन राई, २२ वर्षीय आशिष राई, २४ वर्षीय पर्वत राई, २१ वर्षीय सन्देश राई र २५ वर्षीय हिमाल राईलाई पक्राउ परेका हुन् ।

प्रतिवादी पाँच जना युवाले जेठ २० गते किरात राई समुदायको साकेला हेरेर फर्कने क्रममा डाँडागाउँको अग्राखेमा तामाङलाई कुटपिट गरेर गम्भीर घाइते बनाएका जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक बेनु कार्कीले जानकारी दिनुभयो । घाइते तामाङको काठमाण्डौको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖