• Monday 26th of October 2026

गिरीबन्धु बेचेर खान नपाएपछि कांग्रेसले ‘स्यालहुँइया’ मच्चायो : ओली


  • धनकुटा खबर
  • .

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा विकास हुन नदिन नेपाली कांग्रेसले ‘स्यालहुँइया’ मच्चाएको आरोप लगाएका छन्।

बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेकपा एमाले देशका लागि काम गर्न नदिनका लागि कांग्रेसले एमालेमाथि आक्रमण गरिरहेको पनि बताए।

राम्रा काम गर्न नदिन अनर्गल प्रचार प्रसार गरिरहेको बताउँदै उनले पशुपतिमा एक सय ८ केजी सुन भनेर पित्तल चढाए, कम्बोडियामा ३ हजार करोढ टेलिकममा लगानी छ भन्नेहरु कता गए भन्दै प्रश्न समेत गरे।

‘गिरीबन्धु टी स्टेटलाई बेथिति गर्न पाइँदैन भनेर कानून हामीले बनायौँ, कानून बनाएपछि नियम कानूनभित्र बस्नुप¥यो, बेचेर खान नपाइने भयो भनेर ‘स्यालहुँइया’ मच्चाएका छन्। केपी ओलीले त्यो र यो गर्‍यो भनेर,’ यो किन हुन्छ भने हाम्रो पार्टीसँग वैचारिक संघर्ष गर्न सक्दैनन्। देश बनाउने कसरी त्यो आइडिया छैन। अनि एमालेलाई बद्नाम गर्ने। यिनीहरूले यो काम गरेँ भन्ने त छैन नि। एउटा सिन्को भाँचेको छ, यिनीहरूले देशका लागि।’

गिरीबन्धु टी स्टेटका बारेमा गलत प्रचार गरेर स्यालहुँइया मच्चाइरहेको बताउँदै कानून, नियम बिना बलजफ्ती बिक्री गरेर गिरीबन्धु टी स्टेटको जग्गा बेचेकाहरु अहिले खान नपाएको रिसले कराइरहेको आरोप लगाए।

‘हाम्रो बारेमा, मिथ्या, अनर्गल प्रचार प्रसार गर्ने, झुटो बोल्ने यस्ता काम भएका छन्। अनेकथरी, एकपछि अर्को निस्किन्छ। एउटा स्याल कराइसक्यो, अर्को स्याल निस्किएर कराउँछ। एउटा करायो, पशुपतिमा एक सय ८ केजी सुन भनेर पित्तल चढायो, केपी ओलीले पित्तल चढायो, छानबिन गरी पाउँ भनेर। पशुपतिमा चढाएको जलाहरी भत्काएर, तौलिएर, सुन हो की होइन घोटेर उधुम गरे,’ ओलीले भने, ‘सुनै चढाएको रहेछ। कहाँ गयो त्यो कराउने अहिले? १०८ केजी सुनवाला कहाँ गयो त्यो। अर्को करायो एउटा। कम्बोडियामा तीन हजार करोड लगेर टेलिकममा राखेको छ रे। कहाँ गयो, त्यो अचेल, फिर्ता ल्याए भयो नि, त्यो पैसा। उनीहरूको सरकार थियो, अस्तिसम्म। किन ल्याएन फिर्ता?’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖