काठमाडौं । नेकपा एमाले गुल्मी जिल्लाको अध्यक्षमा बालसिंह काउछा निर्वाचित भएका छन् । काउछा ३८४ मतसहित दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
प्रतिस्पर्धी हिरा एसीले २०२ मत ल्याए ।
अघिल्लो कार्यकालमा काउछा निर्विरोध निर्वाचित भएका थिए । यसपटक सहमति नजुटेपछि मतदान भएको हो । उपाध्यक्षमा जीवन खरेल निर्वाचित भएका छन् । सचिवमा धर्म विश्वकर्मा विजयी भएका छन् ।
