• Monday 26th of October 2026

गाँजाको लिगलाईजेशनका लागि एक महिनाभित्र कानूनी प्रवन्ध गर्छौं :गृहमन्त्री लामिछाने


  • धनकुटा खबर
  • .

काठमाडौं । अनुसन्धानका लागि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गाँजाको औषधिजन्य प्रयोगका लागि एक महिना भित्र आवश्यक कानूनी प्रवन्ध गर्ने बताएका छन् । आफ्नो मन्त्रालयले सय दिनमा गरेको कामबारे जानकारी दिन शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

औषधिजन्य प्रयोजन र औद्योगिक प्रयोजनका लागि गाँजाको लिगलाईजेशनका लागि नीति बनाउनु पर्ने उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेले त्यसका लागि एक महिना भित्र त्यसको एउटा राम्रो कानूनी प्रावधान निर्माण गर्ने बताए । त्यसैगरी उनले कानूनी प्रवन्ध हुनसाथ निश्चित क्षेत्रमा त्यसको अनुसन्धानको काम पनि शुरु गर्ने बताए ।

उपप्रधानमन्त्री लामिछानेले भने, ‘विपद व्यवस्थापनका लागि कमान सेन्टर स्थापना गरिएको छ । त्यसैगरी यो औषधिजन्य प्रयोजन र औद्योगिक प्रयोजनका लागि गाँजाको लिगलाईजेशनका लागि हामीले बनाउनुपर्ने नीति बनाउनुपर्ने हुन्छ । त्यसका लागि एक महिनाको समय भनेर हामी भनिसकेका छौं । गृह मन्त्रालयले एक महिना भित्र त्यसको एउटा राम्रो कानूनी प्रावधान निर्माण गर्नेछ । निर्देशिका तयार गर्नेछ । त्यो निर्देशिकाले अब अनुसन्धान गर्नका निमित्त गाँजाको औषधिजन्य प्रयोगका लागि अनुसन्धान गर्नको निमित्त निश्चित क्षेत्रमाचाहे त्यो ल्याव खडा गर्नका निमित्त, चाहे अरु प्रयोजनका लागि होस् । निश्चित यरिया भित्र सुरुवात गर्ने छ । त्यो एक महिना भित्र हामी सम्पन्न गर्नेछौं । ’

उपप्रधानमन्त्री लामिछानेले विपद् व्यवस्थापनका लागि पनि देशभर आवश्यकअनुसार कमान सेन्टर स्थापना गरी काम शुरु गरिएको पनि बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖