• Monday 26th of October 2026

चिनियाँ उपविदेशमन्त्री सुन आज नेपाल आउँदै, यस्तो छ तीन दिने भ्रमण तालिका


  • धनकुटा खबर
  • .

काठमाडौं, असार १० । जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइडोङ तीन दिने औपचारिक भ्रमणमा आज नेपाल आउँदै छन्। भ्रमणका क्रममा उनी यही असार ११ गते काठमाडौंमा हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्ने प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरु सहभागी हुनेछन् । भ्रमणका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल गरिने मन्त्रालयले जनाएको छ ।

त्यसक्रममा चिनियाँ उपविदेशमन्त्री सुनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्तासमेत गर्ने कार्यक्रम छ । उपविदेशमन्त्री सुन असार १२ गते फिर्ता हुने जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖