• Monday 26th of October 2026

सस्तो बजारमा १९ वर्षीया किशोरी बलात्कृत, भारतीय नागरिक पक्राउ..


  • धनकुटा खबर
  • .

काठमाडौंको नयाँ बानेश्वरस्थित सस्तो बजारमा १९ वर्षीया किशोरीलाई जबरजस्ती गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–३१ शंखमुल बस्ने भारत बिहार राज्य मोतिहारी घर भएका ३० वर्षीय धर्मेन्द्र जैसवाललाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जैसवालले ती किशोरीलाई काठमाडौं महानगरपालिका–१० नयाँ बानेश्वरस्थित सस्तो बजारमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖