• Monday 26th of October 2026

वकिलका भान्जालाई ‘एक दिने’ एआइजी बनाउन गृहमन्त्री लामिछानेको ‘जोडबल’


  • धनकुटा खबर
  • .

काठमाडौं- सुशासनको चर्को नारा दिने गृहमन्त्री रवि लामिछानेले एक दिन अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) बनाउन डिआइजी पोषराज पोखरेललाई सिफारिस गराएका छन्।

असार १९ गते उमेशराज जोशी एआइजीबाट अवकाश पाएर पद रिक्त हुने भएपनि गृहमन्त्री लामिछानेको स्वार्थमा उनलाई नियमविपरीत गृहसचिवको नेतृत्वको समितिले सिफारिस गरेको हो।

ब‍ढुवाका लागि एक हप्ताअघि मात्र सिफारिस गर्नुपर्ने भएपनि प्रहरी महानिरिक्षक वसन्तराज कुँवर सोमबार बेलुका अमेरिका जाने भएपछि उनलाई समय अगावै सिफारिस गरिएको हो।

पोखरेल पनि असार २१ गते उमेर हदका कारण अवकांश पाउँदै छन्। असार २० गते १ दिन एआइजी बनाउनका लागि गृहमन्त्री लामछानेको स्वार्थमा पोखरेललाई सिफारिस गरिएको हो।

स्रोतका अनुसार हाल लामिछानेका विवादित मुद्दाहरू प्रतिरक्षा गरिरहेका वरिष्ठ अधिवक्ता सुशिल पन्तको दवावमा भान्जा नाता पर्ने पोखरेललाई एक दिन एआइजी बनाउन लागिएको हो।

पाेखरेल र पूर्व एआइजी दिनेश लाेहनी साडु दाजुभाइ हुन्। उनकाे समेत जाेडबलमा पाेखरेललाई अवकाशपश्चात् विशिष्ट श्रेणीकाे सेवासुविधाका लागि एक दिने एआइजी बनाउन लागिएकाे हाे।

पोषराज हाल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा दरबन्दी रही काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा कार्यरत छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖