• Monday 26th of October 2026

घरमा तला थप्ने जिम्मा दिएका ठेकेदारले लभडाँडा पुर्‍याएर बलात्कार गरे..


  • धनकुटा खबर
  • .

काठमाडौं। आफ्नो घर बनाइरहेका ठेकेदारले बलात्कार गरेको भन्दै एक महिला प्रहरीकहाँ पुगेकी छिन्। ती महिलाको उजुरीपछि प्रहरीले ठेकेदार रामकुमार (नाम परिवर्तन)लाई पक्राउ गरेको छ।

पीडित भनिएकी महिला पवित्रा (नाम परिवर्तन)का श्रीमान् पनि निर्माण व्यवसायी हुन्। प्रायः काठमाडौं बाहिर बस्ने पवित्राका श्रीमानले गत पुसमा रामकुमारलाई घरमा दुई तला थप्ने जिम्मा दिएका थिए।

त्यसपछि घर बनाउन थालेका रामकुमारले फागुन २४ गते साँझ शौचालयका लागि आवश्यक पर्ने टायल किन्नका लागि सामान ल्याउन पवित्रालाई भनेका थिए।

सामान चाहिहाल्यो भनेकाले आफूले स्कुटर निकालेपछि रामकुमारले आफू पनि जाने बताएको पवित्राको भनाई छ। रामकुमारले स्कुटरपछाडि राखेर लगेको र फर्कँदा हावा खान जाऊँ भन्दै गोठाटारस्थित लभ डाँडा पुर्याएको जाहेरवालाको दाबी छ।

राती साढे ८ बजेको समयमा रामकुमारले ‘माया गर्छु र विवाह गर्छु भन्दै लभ डाँडामै बलात्कार गरेको जाहेरीमा उल्लेख छ।
त्यसपछि छोराछोरी घरमा नभएको समयमा रामकुमारले आफूलाई सम्बन्धबारे परिवारलाई भनिदिने भन्दै बलात्कार गरेको पनि जाहेरवालाले दाबी गरेकी छिन्।

२०६३ सालमा विवाह गरेकी पवित्राका २ छोरा र एक छोरी छन्। यता आरोपी रामकुमारले यौन सम्बन्ध स्वीकारेपनि बलात्कार नभएको दाबी गरेका छन्। उनका अनुसार तला थप्ने काम गरेयता साँझ रामकुमारले पवित्राकै घरमा खाना खान्थे।

घरका लागि आवश्यक सामान ल्याउन पवित्राले स्कुटर दिने गरेको र फागुन २४ गते पनि टायल लिन जान खोज्दा उनले आफू पनि जाने कुरा गरेको रामकुमारले बयानका क्रममा बताएका छन्।

टायल लिएर फर्कँदा पवित्राकै आग्रहमा लभडाँडा गएको र उनकै प्रस्तावमा सहमतिमा यौन सम्पर्क भएको उनको भनाई छ।

त्यसयता आफूहरू विभिन्न ठाउँ घुम्न गएको र दिउँसोको समयमा पवित्राका छोराछोरी स्कुल जाने भएकाले त्यति बेला यौन सम्बन्ध हुने गरेको पनि रामकुमारले बयानमा खुलाएका छन्।

पक्राउ परेका रामकुमारविरुद्ध रामकुमारविरुद्ध ७ देखि १० वर्ष कैद सजाय माग गर्दै अभियोग पत्र दायर भएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖