• Monday 26th of October 2026

फणीन्द्रलाई सांसदबाट नहटाउन सर्वोच्चको अन्तरिम आदेश


  • धनकुटा खबर
  • .

काठमाडौं,१० असार । सर्वोच्च आदालतले गण्डकी प्रदेश सभाका सांसद फणीन्द्र देवकोटालाई कारबाही नगर्न आदेश दिएको छ । सोमबार सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंहको एकल इजलासले सो रिटको अन्तिम टुंगो नलागेसम्म उनलाई सांसदको रुपमा काम कारबाही गर्न दिन अन्तरिम आदेश जारी गरेको छ । उक्त मुद्दामा कारण देखाउ आदेशसमेत जारी भएको छ ।

उनले रिटमा विपक्षीहरुको ०८१-२-२९ को पत्र र २-३२ को सूचना रिडिङ पेपर तत् सम्बन्धी निर्णय र कामकारबाही प्रत्यार्थी गण्डकी प्रदेशका सभामुखले गरेको घोषणासमेत कार्यान्वयन नगर्नु नगराउनु भनि निवेदकलाई प्रदेश सभामा सदस्यको हैसियतमा पूर्ववत कामकाज गर्न कुनै अवरोध नगर्नु, कामकाज गर्न दिनु भनि अन्तरिम आदेशको माग गरेका थिए ।

ह्विप उल्लंघन गर्दै कांग्रेसका मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलले देवकोटालाई कारबाही गरेको थियो। नेपाल समाजवादी पार्टीका देवकोटा माओवादी केन्द्रको चिह्न लिएर गोरखा २ (१) बाट प्रदेश सभामा निर्वाचित भएका थिए।

माओवादीको चिह्न लिएर चुनाव लडे पनि निर्वाचन आयोगमा पेस गरेका आफ्ना सबै आधिकारिक दस्ताबेजमा नेपाल समाजवादी पार्टीलाई प्रतिनिधित्व गर्ने उल्लेख गरेको दाबी गर्दै देवकोटाले प्रदेश सभाको सबै कामकारबाही रद्द गर्न माग गर्दै रिट दायर गरेका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖