• Monday 26th of October 2026

देउवा बालकोट पुगेको भोलिपल्ट प्रचण्ड भेट्न बालुवाटार पुगे ओली


  • धनकुटा खबर
  • .

काठमाडौं,१६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

दुई नेताबिच सरकार सञ्चालन र टीआरसीबारे छलफल भएको बुझिएको छ । शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबिच ओली निवास बालकोटमा भेटवार्ता भएको थियो । देउवा ओलीबिचको भेटवार्ताले राजनीतिक वृत्तमा तरङ्ग फैलिएको छ ।

देउवाले शनिबार ओलीसँग भेटेर सहकार्यको प्रस्ताव अघि सारेका छन् । देउवाले ओलीलाई प्रधानमन्त्रीको अफर गरेपछि अत्तालिएका प्रचण्डले बिहानै फोन गरेर भेट्ने प्रस्ताव राखेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖