• Monday 26th of October 2026

रास्वपाबाट राजदूतका लागि ७ जना अन्तिम सूचीमा


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भागमा परेको दुई जना राजदूतका लागि ७ जनाको अन्तिम सूची तयार गरिएको छ । पार्टीले राजदूतहरूको सिफारिसका लागि सम्भावित नाम सुझाउन अनलाइन फारम र इमेलमार्फत आव्हान गरिएकोमा २४० भन्दा बढी सुझावहरू प्राप्त भएको थियो । यसमध्येबाट अन्तिम सूची तयार गरिएको पार्टीले जानकारी दिएको हो ।

यसबाट नेपाल र विदेशमा ख्याति कमाएका विभिन्न विधाका प्रतिष्ठित नाममाथि रास्वपा अन्तर्राष्ट्रिय विभागको तर्फबाट सात जनाको समावेशी सूची पार्टी सभापति रवि लामिछानेलाई बुझाइएको पार्टीले बताएको छ। अन्तिम सूचीमा रहेका व्यक्तिहरूसँग आवश्यक छलफल गरी प्रस्तावित दुई जनाको नाम पेश गर्न पार्टी सभापतिले लामिछानेले उपसभापति डा. स्वर्णिम वाग्ले र अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाललाई जिम्मा दिएका छन्। यस समितिले संयुक्त राष्ट्र संघका लागि पूर्व स्थायी प्रतिनिधि (राजदूत) प्रा डा जयराज आचार्यसँग आवश्यक परामर्श गर्नेछ।

पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालको संयोजकत्वमा सोविता गौतम र प्रा.डा. अतिन्द्र दाहाल सदस्य रहेको कार्यदलले ‘राजदूत सिफारिस मापदण्ड २०८१’ तयार पारेको थियो । सोही मापदण्डका आधारमा गत असार १० गते सार्वजनिक सूचना जारी गर्दै राजदूतका लागि आवेदन माग गरिएको थियो ।

गत असार ६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री तथा रास्वपा सभापति लामिछानेबिच राजदूतमा भागबन्डा भएको थियो । सो अनुसार एमालेबाट ५, अशोक राई नेतृत्वको जसपाबाट २, रास्वपाबाट २ र माओवादीबाट १ जना राजदूत बन्ने सहमति भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖