• Monday 26th of October 2026

एमाले अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगे बालुवाटार


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री दाहालसँग भेट्न उनी केहीबेर अघि मात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्।

गत शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले ओलीबीच बलकोटमा भएको भेटवार्तापछि सत्ता समीकरण तरंगित बनेको छ । सत्ता समीकरण फेरिने हल्ला चलेको छ भने राजनीतिक भेटघाट पनि बाक्लिएको छ ।

आइतबार मात्र प्रधानमन्त्री प्रचण्ड, ओली र गृहमन्त्री रवि लामिछानेबीच पनि भेटवार्ता भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖