• Monday 26th of October 2026

ओलीलाई बालुवाटारमै छाडेर अर्को बैठकमा निस्किए प्रचण्ड, निर्णायक वार्ता आजै हुने


  • धनकुटा खबर
  • .

काठमाडौं,१७ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको वार्ता रोकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड केहीबेरका लागि निस्किएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमै आयोजित पूर्वाञ्चल विश्वविद्यालयको परिषद् बैठकमा सहभागी हुन प्रचण्ड ओलीसँगको भेट रोकेर भर्खरै निस्किएका हुन्।

प्रचण्ड निक्लिएपनि अ‍ोली बालुवाटारमै छन् । अ‍ोली र प्रचण्डबीच आज निर्णायक वार्ता अुने स्रोतको दाबी छ । प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच हिजो पनि भेटवार्ता भएको थियो ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत शनिबार ओलीसँग भेटेका थिए । त्यसयता नेताहरूबीचको भेटवार्ता र छलफल बाक्लिएको छ ।

देउवासँग लामो छलफल गरेका ओलीलाई प्रचण्डले के–के कुराकानी भयो भनेर सोधेका थिए । जवाफमा ओलीले केही सिरियस छलफल पनि भएको बताएका थिए ।

यसपछि झन् सत्ता समीकरण दलबीच दुरी बढ्ने स्थिति देखिएको हो । आइतबार ओलीसँग छलफललगत्तै सरकारमै रहेको रास्वपाका सभापति एवं गृहमन्त्री रवि लामिछानेसँग पनि उनीहरूले छलफल गरेका थिए ।

पछिल्लो समय बजेट निर्माण प्रक्रिया, विभिन्न नियुक्ति र समीकरणमा रहेका नेताहरूको अभिव्यक्तिका कारण पनि सरकारमा रहेका दलबीच विवाद देखिन थालेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖