• Monday 26th of October 2026

बालुवाटारमा माओवादीको आकस्मिक बैठक जारी


  • धनकुटा खबर
  • .

काठमाडौँं । सत्ता फेरबदल भएपछि माओवादी केन्द्रको पदाधिकारी बैठक बालुवाटारमा बसिरहेको छ ।

सोमबार राति कांग्रेस र एमाले मिलेर नयाँ समीकरण बनाउने निर्णय गरेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीको आकस्मिक बैठक बोलाएका हुन् ।

बैठकमा पछिल्लो विकसित घटनाक्रम आगामी रणनीतिबारे छलफल हुने सचिव गणेश साहले जानकारी दिए ।

बैठक बस्नुअघि प्रचण्डले एमालेका अध्यक्ष अध्यक्ष केपी ओलीसँग छलफल गरेका थिए । प्रचण्ड र ओलीबिच पाँच मिनेट भेट भएको प्रचण्डका सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖