• Monday 26th of October 2026

राजीनामा दिन सुझाव दिँदै ओलीले प्रचण्डलाई भने: दुईतिहाइको प्रधानमन्त्री बन्दैछु, तपाईं पनि आउनुहोस्


  • धनकुटा खबर
  • .

काठमाडौं,१८ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सरकारबाट मार्गप्रशस्त गर्न आग्रह गरेका छन्।

सोमबार मध्यराति नेपाली कांग्रेससँगको समझदारीबारे मंगलबार बिहान बालुवाटार पुगेर जानकारी गराउँदै ओलीले यस्तो बताएका बालुवाटार स्रोतले जानकारी दियो ।

‘म दुई तिहाइ सरकारको प्रधानमन्त्री बन्दैछु, । अब बन्ने सरकार राष्ट्रय सहमतिको सरकार हुनेछ। त्यसमा तपाईंको पनि महत्वपूर्ण भूमिका रहोस् भन्ने हाम्रो चाहना छ’ ओलीको भनाई उद्दृत गर्दै बालुवाटार स्रोतले भन्यो ।

सोमबार मध्यराती सवा १२ बजे काङ्ग्रेस–एमालेबीच सरकार बनाउने सहमति भएको थियो।

काङ्ग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा हस्ताक्षर गएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖