• Monday 26th of October 2026

राष्ट्रपति भेट्न शीतल निवास जाँदै प्रधानमन्त्री प्रचण्ड


  • धनकुटा खबर
  • .

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास जाने भएका छन्।

विकसित राजनीतिक घटनाक्रमबारे छलफलका लागि प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति पौडेललाई भेट्न जान लागेका हुन्।

मंगलबार बिहान नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बसेको थियो। उक्त बैठकपछि प्रधानमन्त्री प्रचण्ड शीतल निवास जान लागेका हुन्।

नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ सरकार बनाउने सहमति भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पालैपालो प्रधानमन्त्री बन्ने सहमति गरेका हुन्।

माओवादीको पदाधिकारी बैठकले प्रधानमन्त्री प्रचण्‍डले राजीनामा नदिने निर्णय गरेको छ। प्रधानमन्त्री प्रचण्डले विश्वासको मत सामना गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖