• Monday 26th of October 2026

प्रधानमन्त्रीमा टिकिरहन प्रचण्डले थाहै नदिई वैकल्पिक सरकारको बहस चलाएको एमालेको ठहर


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न आह्वान गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले सो जानकारी गराए।

‘यो राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयोजनका लागि प्रधानमन्त्रीज्यूलाई मार्गप्रशस्त गर्न आह्वान गर्ने निर्णय भएको छ,’ उनले भने ।

एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैकल्पिक सरकारको बहस चलाएको आरोप लगाएको छ ।

मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूको प्रश्नमा नेता ज्ञवालीले सत्ता साझेदार दललाई कुनै जानकारी नदिएर प्रचण्डले वैकल्पिक सरकारको बहस चलाएको बताए ।

‘बहालवाला प्रधानमन्त्री स्वयंले वैकल्पिक सरकारको बहस चलाउनुभयो, सत्तारूढसँग छलफल नगरी । प्रमुख पिपक्षीबाट प्रस्ताव भयो भनी थाहा पाउनुपर्‍यो,’ ज्ञवालीले भने ।

उनले गत फागुन २१ गते प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा एमालेले ब्ल्याङ्क चेकमा सही गरेजस्तो गरी सहयोग गरेको पनि बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖