• Monday 26th of October 2026

प्रचण्डलाई ओलीले यसरी लेखे समर्थन फिर्ता लिएको पत्र


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारबाट समर्थन फिर्ता लिएको पत्र लेखेका छन् । बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको भन्दै प्रचण्डलाई ओलीले पत्र लेखेका हुन् ।

पत्रमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा गठित वर्तमान सरकारलाई नेकपा (एमाले)को तर्फबाट मत दिई सरकारमा सहभागी भएकोमा राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनैतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको परिप्रेक्ष्यमा हालसम्म सरकारलाई दिँदै आएको समर्थन आजैको मितिदेखि लागू हुने गरी फिर्ता गरिएको छ ।’

बुधबार साँझ बालुवाटार पुगेर एमालेका मन्त्रीहरूले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा पत्र बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका थिए ।

कांग्रेस–एमाले सत्ता समीकरणका लागि सहमति जुटेपछि एमाले मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता भएको जनाएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖