• Monday 26th of October 2026

पदच्युत हुने निश्चित भएसँगै निजी निवासको सरसफाइ गराउँदै प्रधानमन्त्री प्रचण्ड


  • धनकुटा खबर
  • .

काठमाडौँ । पदच्युत हुने निश्चित भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निजी निवासको सरसफाइका लागि कर्मचारी खटाएका छन् ।

उनको खुमलटारस्थित निवासमा अहिले सरसफाइ चलिरहेको प्रचण्ड निकटस्थले रातोपाटीलाई जानकारी दिएका छन् ।

करिब १८ महिना सरकारी निवास बालुवाटार बसेका प्रचण्ड छिट्टै खुमलटार सर्नु पर्ने बाध्यतामा छन् ।

सरकारमा सहभागी एमाले मन्त्रीहरूले राजीनामा दिएपछि प्रचण्ड सरकार अल्पमतमा परेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖