• Monday 26th of October 2026

शिक्षाका समस्या अब ओली सरकारले समाधान गर्छ : पौडेल


  • धनकुटा खबर
  • .

काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नयाँ बन्ने सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उँचाइबाट समाधान गर्ने दाबी गरेका छन्।

बिहीबार रुपन्देहीमा २०८० सालको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान गर्दै उनले यस्तो दाबी गरेका हुन्।

उनले भने ‘अब तपाईंहरुले ठूलो आशा र भरोसाका साथमा, विश्वासको साथमा आफ्ना कदम अघि बढाए हुन्छ। नेपालमा सही शैक्षिक गुणस्तरको दृष्टिकोणले सबै प्रकारको अनुकूल परिस्थिति निर्माण गर्ने, दक्ष जनशक्ति उत्पादन गर्ने, देशभित्रै रोजगारी आर्जन गर्ने, उद्यमशीलताको विकास गर्ने, देशको समृद्धिका निम्ति काम गर्ने सम्मानित व्यक्तित्व केपी शर्मा ओली ज्यु यहाँ हुनुहुन्छ। उहाँको नेतृत्वमा केही दिनको अन्तरालमै समस्याको नयाँ उँचाइबाट समाधान हुन्छ।’

त्यो सरकारले स्वाभाविक रुपमा अरु क्षेत्रका समस्या समाधानका साथसाथै शैक्षिक क्षेत्रका समस्याको नयाँ उँचाइबाट समाधान गर्दै गुणस्तरीय शिक्षा आर्जन गर्ने उनले बताए। ‘नेपाली विद्यार्थीको जुन चाहना छ, त्यो चाहना पूरा हुनेछ।’ उनले भने।

नयाँ बन्ने सरकारले सम्मानित नागरिकका हैसियतले जीवन व्यतीत गर्ने वातावरण निर्माण गर्नेमा उनले जोड दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖