• Monday 26th of October 2026

एसइई नतिजाबारे ओलीलाई श्रेष्ठको जवाफ: तपाईँको शिक्षकले तपाईँकै पार्टीको सिद्धान्त पढाए हो ?


  • धनकुटा खबर
  • .

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षकले राम्रो नपढाउँदा एसइईका नतिजा राम्रो भएन भन्ने अभिव्यक्तिलाई लिएर शिक्षामन्त्री सुमना श्रेष्ठले प्रतिक्रिया दिएकी छिन्।

शुक्रबार सामाजिक सञ्जालमा लेख्दै श्रेष्ठले शिक्षकले राम्रो नपढाउँदा एसइईका नतिजा राम्रो भएन भन्नेले राजनीतिमा लागेको शिक्षकलाई कारबाही गर्छु भन्दा किन सरकार परिवर्तनमा लागेको भन्दै प्रश्न गरेकी छिन्।

उनले लेखेकी छिन्, ‘आदरणीय केपी बा ! शिक्षकले राम्रो नपढाउँदा १० को नतिजा राम्रो भएन भनेर प्रतिक्रिया दिनुभएछ। अनि राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्छु भनेर मैले फाइल अगाडि बढाउँदा सरकार नै परिवर्तन गर्न खोज्ने। तपाईँको शिक्षकले तपाईँकै पार्टीको सिद्धान्त पढाए मात्र हो अब।’

बिहीबार एमालेको भातृ संगठन अनेरास्वीयु रुपन्देहीले एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयको सम्मान कार्यक्रममा बोल्दै ओलीले शिक्षकहरूमा विद्यार्थीले बुझ्ने गरी ज्ञान प्रदान गर्ने सीप नहुँदा एसइईको नतिजा खस्किएको आरोप लगाएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖