• Monday 26th of October 2026

एकीकृत समाजवादीसँग अब मेरो साइनो छैन: प्रेम आले


  • धनकुटा खबर
  • .

नेकपा (एकीकृत समाजवादी) का नेता तथा प्रतिनिधि सभा सांसद प्रेम आलेले पार्टीसँग कुनै साइनो नरहेको बताएका छन्।

पार्टीको दसौं महाधिवेशन बहिष्कार गरेको बताएका आलेले वडाध्यक्षसमेत नजित्ने मानिसहरू पदाधिकारी बनेको भन्दै असन्तुष्टि व्यक्त गरे।
‘म एमालेमै पोलिटब्युरो सदस्य भइसकेको हुँ, तीनपटक मन्त्री भइसकेको छु। त्यो एकीकृत समाजवादीमा वडा सदस्य जित्न नसक्ने मानिस पदाधिकारी छन्। त्यो पार्टी उँभो लाग्छ? त्यही देखेर मैले बहिष्कार गरेको हुँ,’ उनले सेतोपाटीसँग भने।

उनी एकीकृत समाजवादीको महाधिवेशनमा सहभागी नभई भारत भ्रमणमा गएका थिए। असार १६ गतेदेखि २० गतेसम्म एकीकृत समाजवादीले काठमाडौंमा महाधिवेशन गरेको थियो।

उनी बिहीबार भारतबाट स्वदेश फर्केका थिए।

‘पार्टी गठन गर्ने, व्यापार गर्ने काम भयो, म हिजो भारतबाट फर्किएँ। यो पार्टीसँग मेरो कुनै साइनो सम्बन्ध रहेन,’ उनले भने।
उनले जनताबाट निर्वाचित प्रतिनिधि भएकाले स्वतन्त्र हैसियतमा रहँदा पनि फरक नपर्ने बताए।

आले डोटीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖