• Saturday 17th of October 2026

आज घट्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ किनबेच?


  • धनकुटा खबर
  • .

नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य घटेको छ।
अघिल्लो कारोबार दिन अर्थात् बुधबार प्रतितोला नौ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला तीन सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार तीन रूपैयाँमा कारोबार भइरहेको छ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ।

बुधबार प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ घटेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖