• Saturday 17th of October 2026

तुलसीपुर जाँदै गरेको बस दुर्घटना, १८ जना घाइते


  • धनकुटा खबर
  • .

दाङको घोराहीबाट तुलसीपुर जाँदै गरेको बस दुर्घटनाहुँदा १८ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ।

बसमा ३७ जना यात्रु सवार थिए। घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।

रा १ ख १३८२ नम्बरको बस घोराही–तुलसीपुर सडक अन्तर्गत तुलसीपुर १८ बिजौरीको डाँडागाउँनेर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖