• Saturday 17th of October 2026

रामेछाप दुर्घटनामा ज्यान गुमाउने चार जनाको सनाखत, एकको परिचय खुलेन


  • धनकुटा खबर
  • .

काठमाडौं । रामेछापको गोकुलगंगा गाउँपालिका–६ स्थित सिम्लेभिरमा भएको जिप दुर्घटनामा ज्यान गुमाउने चार जनाको सनाखत भएको छ।

काठमाडौंबाट रस्नालुतर्फ जाँदै गरेको ना.१ ज ७१२३ नम्बरको फोर्स जिप दुर्घटनामा ज्यान गुमाउनेमा गोकुलगंगा गाउँपालिका–४ का अध्यक्ष रामचन्द्र बस्नेत, रामेछाप घर भएकी कविता कार्की खड्का, स्वस्तिका खड्का र चालक ३५ वर्षीय हिरा बहादुर कार्की छन्। कविता र स्वस्तिका आमा छोरी हुन्। 

एक महिलाको पहिचान अझैँ खुल्न सकेको छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖