• Saturday 17th of October 2026

बस दुर्घटना हुँदा १२ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौँ । भारतको दक्षिणपश्चिम राज्य महाराष्ट्रमा शुक्रबार भएको बस दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै २० जनाभन्दा बढी घाइते भएका छन् ।

राज्यको गोन्दिया जिल्लामा दिउँसो करिब १२ बजे राज्य सरकारद्वारा सञ्चालित बस मोटरसाइकलसँग ठोक्किएर जोगिन खोज्दा दुर्घटना भएको हो ।

बसमा करिब ३५ यात्रु सवार थिए ।घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖